राजनीति


पूर्वसभामुखहरुले भने : ७६ (५) अनुसार सांसदले स्वविवेक प्रयोग गर्न पाउँछन्

पूर्वसभामुखहरुले भने : ७६ (५) अनुसार सांसदले स्वविवेक प्रयोग गर्न पाउँछन्

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १०:३३,

सभामुख अग्नि सापकोटाले पूर्वसभामुखसँग छलफल गरेका छन्। छलफलमा प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटन पछिको राजनीतिक परिस्थितिबारे सभामुख सापकोटाले परामर्श गरेको रामचन्द्र पौडेलले बताए।

देश अहिले राजनीतिक र कोरोना महामारीले संकटमा परेको बैठकले निष्कर्ष निकालेको छ। यस्तो संकटमा प्रतिनिधिसभा नहुनु दुर्भाग्य भएको पूर्वसभामुखहरुले बताएका थिए।

राजनीतिक विवादहरु समाधान गर्न संसदमा नभएर बाहिर जानु पर्ने अवस्था आउनु दुर्भाग्य भएको बताएको पौडेलले बताए।

सबै समस्याको समाधान संसदबाट खोज्नु पर्नेमा अदालत गएर समाधान खोज्नु पर्ने अवस्थाबारे उनीहरुले चिन्ता गरेका थिए।

सदनको अस्तित्व जनताको अस्तित्व भएको उनीहरुले बताएका थिए। जनताको अस्तित्वमा कसैले खेलवाड गर्न नहुने उनीहरुले बताएका थिए।

'एकातिर व्यवस्थाको रक्षा गर्ने चुनौति र अर्को तिर महामारीबाट जनताको रक्षा गर्ने चुनौति एकै पटक आएको छ', पौडेलले भने, 'यो संकटको निकास बजेट अघिनै आओस् भन्ने चाहना हाम्रो छ।

सदन नै नभएको अवस्थामा जेठ १५ मा बजेट ल्याउने भन्नु असान्दर्भिक रहेको पौडेलले बताए। सदनबाटै बजेट पारित गर्न सकियो भने उपयुक्त हुनेबारे छलफल भएको उनले बताए।

संविधानको धारा ७६ (५) ले संसदलाई स्वविवेकीय अधिकार दिएको उनले बताए। सभामुखले कानुनविद् र दलका सचेतक र सांसदहरुसँग छलफल गर्ने पनि बताएका छन्।

बैठकमा संविधानमा सभामुखको विशेषअधिकारको बारेमा पनि छलफल भएको ओनसरी घर्तिले बताइन्।

प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन गर्ने कदम असंवैधानिक रहेकोमा सबैको एकमत भएको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad