नेपालको गणतन्त्र दिवसलाई अमेरिकी राज्य सरकारले 'हेरिटेज डे' को रुपमा मनाउने भएको छ।
अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई 'हेरिटेज डे' को रुपमा मनाउने घोषणा गरेको हो।
अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको पहिचान तथा सम्मान स्वरुप यस्तो घोषणा गरिएको हो।
गभर्नर एन्ड्रयु कुमोले मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको रिज्योलुसन जारी गर्दै नेपाल डेको उपलक्ष्यमा न्युयोर्क राज्यका नेपाली अमेरिकन समुदायलाई खुसी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको बताइएको छ।
राज्य संसदमा सांसद जेनिफर राजकुमारले यसको स्पोन्सर गरेकी थिइन्।
यो न्युयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको रिज्योलुसनमा उल्लेख छ।
नेपाल १० वर्षको 'गृहयुद्ध', भूकम्पपछि सफलतापूर्वक संघीय गणतन्त्रको अभ्यासमा रहेको रिज्युलेसनमा बताइएको छ।
रिज्योलुसन पारित भएपछि गभर्नर एन्ड्रयु कुमो, न्युयोर्कमा रहेको नेपाली महाबाणिज्यदूतावास यसको प्रति पठाइने पनि बताइएको छ।
अमेरिकी राज्य सभाको यो घोषणासंगै न्यूयोर्कमा रहेका नेपालीहरुले मे २९ लाई विशेष दिनको रुपमा मनाउने तयारी गरेका छन्।
नेपाल डे घोषणाका लागि विशेष भूमिका खेलेको नेपाल आदिवासी जनजाति महासंघ अमेरका (फिप्ना) को संयोजकत्वमा नेपाल डे २०२१ मूल आयोजक समिति निर्माण भएको छ।
समितिले पत्रकार सम्मेलन मार्फत विशेष कार्यक्रमको विस्तृत जानकारी दिएको छ। कार्यक्रम नेपाली पहिचान सहितका झाँकी सहित क्वीन्सको ब्रड वे मा र्याली गरी विशेष सभामा परिणत हुने समितिले जनाएको छ।
Shares
प्रतिक्रिया