राजनीति


सीसीएमसी पुनर्गठन, पूर्वरथी बालानन्द शर्मा सीईओ

सीसीएमसी पुनर्गठन, पूर्वरथी बालानन्द शर्मा सीईओ

नेपालखबर
जेठ ११, २०७८ मंगलबार २:५४,

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरिएको छ।

सोमबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले सीसीएमसी पुनर्गठन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको निर्देशक समितिअन्तर्गत रहने गरी सीसीएमसी पुनर्गठन गरिएको हो।

जसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्वरथी बालानन्द शर्मा नियुक्ति गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। शर्माले नेपाली सेना र माओवादी लडाकु समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए। उनी संयुक्त राष्ट्र संघका पूर्वफोर्स कमान्डर पनि हुन्।

यसअघि सीसीएमसी उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा थियो। अब पोखरेल प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिको सदस्य रहनेछन् भने सीईओ शर्मा सदस्य–सचिव। 

निर्देशक समितिमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहनेछन्। सीसीएमसीले निर्देशक समितिअन्तर्गत रहेर काम गर्नेछ ।

कोरोना नियन्त्रणमा ठोस काम होस् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad