विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले महामारीका बेला चुनाव घोषणा गरेर प्रधानमन्त्री केपी शर्मा ओली अपराध गरेको आरोप लगाएका छन्।
‘बजारमा केपी ओलीले क्या खत्रा राजनीति गरे भन्ने सुनियो,’ पाण्डेले सोमबार साँझ वक्तव्य जारी गर्दै भनेका छन्, ‘साथीहरू ! राजनीति यस्तो हुँदैन है। नागरिकको भलो नगर्ने वा लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि कदम राजनीति होइन। ओलीले गर्दै गरेका यी हर्कतहरू त अपराध हुन्। महामारीको मौका छोपेर गरिएको अपराध।’
हजारौं नागरिकको बलिदानीबाट प्राप्त संविधान बारम्बार कुल्चिनु क्षम्य नहुने चेतावनी पनि उनले दिएका छन्।
यस्तै राष्ट्रपतिलाई कांग्रेसले आफ्नो विज्ञप्तिमा तिमी सम्बोधन गरेको भनेर चित्त दुखाएका ओलीलाई नेता पाण्डेले तिमी पनि तिमी नै भन्न लायकको भएको टिप्पणी पनि गरेका छन्।
हेर्नुहोस्, पाण्डेको वक्तव्यको पूर्ण पाठः


प्रतिक्रिया