राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी खुकुलो प्रावधानका कारण नेपालमै नेपाली नागरिक अल्पमतमा पर्ने अवस्था आउनसक्ने बताएका छन्।
अध्यक्ष केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी हालै राष्ट्रपतिबाट जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन्।
केसीले ‘संविधानको जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई बंशजको नागरिकता दिने कथित प्रावधानलाई आधार बनाएर जारी गरिएको अध्यादेशलाई सही मान्न नसकिने’ बताएका छन्।
संविधान तथा अध्यादेशले २०७२ साल असोज ३ गतेभन्दा अगाडि जन्म भएका अंगीकृत नागरिकका सन्तानलाई ‘बंशजको नागरिकता’ दिने सम्बन्धी व्यवस्था गलत रहेको उनले बताए।
केसीले संविधानको प्रावधान सच्याउनुपर्नेमा सत्ता टिकाउनका लागि राष्ट्रियतामाथि सौदावाजी गर्नु दूर्भाग्यपूर्ण भएको बताए।
केसीले नागरिकता अध्यादेश तत्काल खारेज गर्नसमेत माग गरेका छन्।

प्रतिक्रिया