राजनीति


ओलीले एमालेबाट निष्कासन गरेपछि भीम रावलको कडा प्रतिक्रिया

ओलीले एमालेबाट निष्कासन गरेपछि भीम रावलको कडा प्रतिक्रिया

नेपालखबर
जेठ १०, २०७८ सोमबार १५:३५,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि नेता भीम रावलले कडा प्रतिक्रिया दिएका छन्।

अध्यक्ष ओलीले आज एमालेको स्थायी कमिटी बैठक राखेर आफ्नो सरकारविरुद्ध विपक्षीसँग मिलेको आरोप लगाउँदै माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका हुन्।

यसलाई नेता रावलले हास्यास्पद भनेका छन्। 

पार्टीको विधान मिच्ने, संविधान उल्लंघन गर्ने देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरणजस्ता राष्ट्रघाती कुकृत्य ओलीले गरेको आरोप लगाउँदै नेता रावलले त्यस्ताले आफूहरूलाई कारबाही गरेको भन्नुको कुनै तुक नभएको टिप्पणी गरेका हुन्।

नेता रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरणलगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवादकै निरन्तरता हो।’

यो पनि : ओलीले गरे माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई एमालेबाट निस्काशित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad