नेकपा (एमाले) ले पार्टीका ११ जना नेतालाई निष्काशित गरेको छ भने १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ।
आज सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो।
वरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई पार्टीबाट निष्कासन गरिएको हो।
बैठकले घनश्याम भूसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
त्यसैगरी सो बैठकले सुदूर पश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय पनि गरेको छ।
पार्टीले गरेका निर्णयबारे प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार साँझ विज्ञप्ति निकालेर स्पष्ट पारेका छन्।
यस्तो, छ विज्ञप्ति


प्रतिक्रिया