नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालत जान लागेका विपक्षी गठबन्धनका शीर्ष नेताहरु अदालत जानुअघि सिंहदरबारमा बैठक गरिरहेका छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेताहरु छलफलमा जुटेका हुन्।
देउवाको पक्षमा प्रष्ट बहुमत हुँदाहुँदै पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेको भनी विपक्षी गठबन्धनका नेताहरु अदालत जान लागेका हुन्।

शीर्ष नेताहरुको बैठक भइरहँदा उनको पक्षमा कांग्रेस, माओवादी, एमाले र जसपा सांसदहरुले गरेका हस्ताक्षर तथा अन्य कागजातहरुको सोहि कार्यालयमा रुजु गर्ने काम भइरहेको छ।

प्रतिक्रिया