संविधानविद् भीमार्जुन आचार्यले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर देशलाई फिजीको नियतिमा पुर्याउन खोजेको उनको आरोप छ।
उनले सोमबार बिहान जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि हामीले विरोध गर्याैँ। उनको गुट र कार्यकर्ताहरू हाम्राविरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको विरोध पहिले उनी आफैंले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान्। सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेताभन्दा देश ठूलो हो। होसियार हौं। त्यो तत्त्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ। त्यसलाई सफल हुन नदिऊँ।’
यो पनि : नागरिकतासम्बन्धी अध्यादेश जारी भएपछि प्रधानमन्त्री ओलीको यो भिडिओ भयो भाइरल

प्रतिक्रिया