राजनीति


नेपाल-खनाल समूहले ओलीलाई स्पष्टीकरण नबुझाउने

नेपाल-खनाल समूहले ओलीलाई स्पष्टीकरण नबुझाउने

नेपालखबर
जेठ १०, २०७८ सोमबार ३:५०,

नेकपा (एमाले) को असन्तुष्ट पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएको छ।

एमालेले झलनाथ खनाल र माधव नेपाल समूहका नेताहरुले ओलीलाई स्पष्टीकरण नबुझाउने भएका हुन्। विपक्षी गठबन्धनमा सहभागी भएको भन्दै ओलीले पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेता भीम रावललगायत ११ जना सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएका थिए।

आफ्नो पार्टीको अध्यक्ष, दलको नेता, र प्रधानमन्त्रीलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेको, विरोधीसँग मिलेर हस्ताक्षर गरेको र सरकार गिराउने गतिविधिमा संलग्न भएको भन्दै ओली पक्षले पार्टीका वरिष्ठ नेता नेपाल र खनाल, नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई स्पष्टीकरण सोधेको थियो।

पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको नेता रावलले बताएका छन्। यसअघि भने ओलीले स्पष्टीकरण सोध्दा तोकिएकै समयमा असन्तुष्ट नेताहरुले स्पष्टीकरण बुझाउँदै आएका थिए।

गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको थियो।

देउवाको पक्षमा पार्टीका २६ सांसदले हस्ताक्षर गरेका भए पनि ओलीले ११ जनलाई मात्र स्पष्टीकरण सोधेका थिए।

पार्टीमा विवाद बढ्दै जाँदा एमाले फुटको डिलमा पुगेको छ। अब एकताको सम्भावना लगभग सकिएको नेताहरुले बताउन थालेका छन्। वरिष्ठ नेता माधव नेपालले औपचारिक रुपमै अर्कोपार्टी गठनको गृहकार्य सुरु भएको बताएका छन्।

यो पनि माधव नेपालसहित ११ नेतालाई सोध्यो एमालेले स्पष्टीकरण

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad