हङकङमा मे महिनाकै गर्मी दिन मापन, गर्मीले ६१ वर्षका व्यक्तिको मृत्यु

हङकङमा मे महिनाकै गर्मी दिन मापन, गर्मीले ६१ वर्षका व्यक्तिको मृत्यु

नेपालखबर
जेठ ९, २०७८ आइतबार १३:९,

आइतबार मध्यान्न हङकङको तापक्रम ३६ डिग्री सेल्सियसभन्दा माथि पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङको मौसम विभागका अनुसार आइतबार दिउँसो २ बजे सिम सा सुईको तापक्रम ३६.१ डिग्री सेल्सियसमा पुगेको थियो।

त्यस्तै ताइ पोको ताइ मे तुकमा आज ३७.१ डिग्री सेल्सियससम्म तापक्रम बढेको थियो भने युन लङ पार्कमा ३६.१ डिग्री, ता क्वा लिङमा ३५.६ डिग्री, साम सुई पोमा ३५.८ डिग्री र त्युन मुनमा ३५ डिग्रीको तापक्रम मापन गरिएको थियो।

सन् १८८४ मा रेकर्ड राखिययता हङकङमा मे महिनामा पहिलोपटक यति धेरै तापक्रम पुगेको हो।

यसैबीच आइतबार बढेको गर्मीका कारण हङकङमा एक ६१ वर्षका व्यक्तिको मृत्यु भएको छ।

हाइकिङको क्रममा फानलिङको ताइ पोदेखि होक ताउ हिँडेका उनी गर्मीका कारण बेहोस भएका थिए।

उनलाई चाइ वानको पामेला युदे नेदरसोल इस्टर्न अस्पतालमा मृत घोषणा गरिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .