नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आफूलाई निर्वाचनबाट ब्याक हुन धेरैले फकाएको र धम्क्याएको बताएका छन्।
निर्वाचन सम्पन्न भएको तीन दिनपछि आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले कतिपयको भ्वाइस रेकर्ड राखेको उल्लेख गर्दै आवश्यक परे नाम सार्वजनिक गर्ने बताएका छन्।
आफू विचलित भएको भए आफ्नो मात्र नभएर स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो र कलंकित हुने थियाैं भन्दै उनले नेताहरुलाई पनि आफ्नो अडानमा बस्न र बोलेको कुरा पुरा गर्न सुझाव दिए।
‘भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला। तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ’ उनले भनेका छन्, ‘निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिँडौ। बोली र ईमानमा कटिवद्ध होऔँ।’

प्रतिक्रिया