नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री हुन लागेको भनी झुक्याएर एमाले सांसदहरुको हस्ताक्षर गराएको आरोप लगाएका छन्।
नेपालले आफू प्रधानमन्त्री हुन लागेको भनेपछि अस्वीकार गर्न नसकी एमालेका सांसदहरुले हस्ताक्षर गरेर सो हस्ताक्षर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दुरुपयोग गरेको बताए।
‘म प्रधानमन्त्री हुने भएँ भनेपछि हार्न नसकेर गरेको हस्ताक्षरलाई आफ्नो पार्टीको प्रधानमन्त्रीविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दुरुपयोग गरियो,’ उनले भने, ‘हेर्नुस् त कस्ता कस्ता नन्दी भिरंगीसँग मिलेको छ।’

प्रतिक्रिया