ad ad

राजनीति


बेलायती संसदमा कोरोनाविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल, भ्याक्सिन उपलब्ध गराउन आग्रह

बेलायती संसदमा कोरोनाविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल, भ्याक्सिन उपलब्ध गराउन आग्रह

नेपालखबर
जेठ ८, २०७८ शनिबार १०:९,

 बेलायती संसदमा नेपालाई कोरोनाविरुद्धको लडाईमा सहयोग गर्नेबारे छलफल भएको छ।

उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई सहयोग गर्नेबारे छलफल भएको हो।

छलफलमा नेपाल कोरोनाबाट धेरै प्रभावित भएको भन्दै सहयोग गर्न ढिला गर्न नहुने सांसदहरुले बताएका थिए।

बहसमा लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाल र बेलायतको लामो सम्वन्ध रहेको बताउँदै २० लाख डोज खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहबारे जिज्ञासा राखेका थिए।

उनको जिज्ञासाको जवाफ दिँदै बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले ब्रिटेनले कोभ्यासका लागि ५४८ मिलियन पाउण्ड उपलब्ध गराएको बताएका थिए।

कोभ्याक्स अन्तर्गत करिब २० लाख निःशुल्क डोज छुट्याएको र त्यसमध्ये तीन लाख ४८ हजार डोज नेपालमा पठाइसकिएको उनले बताएका।

 बेलायतले अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक सहयोग गरेको बताउँदै थप सहयोगबारे छलफल भइरहेको सदनमा जानकारी दिए।

लर्ड अहमदले नेपालमा स्वास्थ्य मन्त्रालयलाई सहयोग एवं प्राविधिक विज्ञहरु पठाउन लागिएको पनि जनाए।

सदनमा लर्ड पोपट, लर्ड अफ स्याण्डवीचले नेपालमा कोरोना महामारी तीब्र फैलिएको मा चिन्ता व्यक्त गर्दै सहयोगको हात अघि बढाउन आग्रह गरेका थिए।
लर्ड अहमदले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग आफ्नो छलफल भएको सदनमा बताउँदै राजदूत लोकदर्शन रेग्मीलाई समेत भेट्ने जानकारी दिएका थिए।

बेलायती संसदमा विहिबार ११ मिनेट कोरोना महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .