राजनीति


बादललाई भोट नदिएको भन्दै एमालेले १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोध्यो

बादललाई भोट नदिएको भन्दै एमालेले  १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोध्यो

नेपालखबर
जेठ ८, २०७८ शनिबार ८:४८,

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापा बादलको पक्षमा मतदान नगर्ने १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री निवास हेटौडामा आज बसेको बैठकले १४ सांसदविरुद्ध २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रमुख सचेतक दीपक निरौलाले बताए।

 'भोली ५ बजेसम्मका स्पष्टीकरण बुझाउनका लागि अहिले पत्र पठाउँदै छौ' निरौलाले भने, 'उहाँहरुले लामो समयदेखि पार्टीको नीतिविरुद्ध गएर संसदमा गतिविधि गर्दै आउनु भएको थियो।'

 निरौलाका अनुसार अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डे, बसन्त मानन्धर, रचना खड्का, कृष्ण खनाल, शान्तिराम पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्न लागिएको हो।

 बिहीबार भएको राष्ट्रियसभा उप निर्वाचनमा एमालेका उम्मेदवार बादललाई पराजित गर्दै विपक्षी गठनबन्धन र माधवकुमार नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित भएका थिए।

एमाले संसदीय दलको नेताको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरेको छ।

 जसको सदस्यमा शाक्य, नेपाल र पाण्डे समेत रहेका छन्। बैठकमा तीनै जना अनुपस्थित रहेको निरौलाले बताए।

 बैठकले कोरोना नियन्त्रणमा सरकारले गरेको प्रयासलाई धन्यवाद दिने र प्रदेश संसद पशुपति चौलागाईनको निधनमा दुख समेत व्यक्त गर्ने निर्णय गरेको निरौलाले बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad