समाज


एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख ग्राहकको डेटा प्रभावित

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख ग्राहकको डेटा प्रभावित

नेपालखबर
जेठ ८, २०७८ शनिबार ८:४३,

यस साइबर आक्रमणबाट आफ्ना ४५ लाख ग्राहकको डेटा प्रभावित भएको कम्पनीको भनाइ छ।

बीबीसीहिन्दीका अनुसार एयरलाइन्समाथि साइबर हमला भएको विषय फेब्रुअरीमा पहिलोपटक पत्ता लागेको थियो।

जसका कारण एयरलाइन्सको उपभोक्ताको पासपोर्ट, टिकटसँग जोडिएका जानकारी तथा क्रेडिटकार्डसम्मको जानकारीमा चुहावट भएको बताइएको छ।

कम्पनीले क्रेडिटकार्डको जानकारीमा सीवीवी र सीवीसी नम्बर नभएको हुनाले खतरा भने कम पर्ने बताइएको छ।

यो साइबर आक्रमण पछाडि कसको हात रहेको छ भनेर हालसम्म पत्ता लगाउन सकिएको छैन।

अधिकारीहरुका अनुसार साइबर आक्रमणबाट सन् २०११ अगष्ट २६ देखि सन् २०२१ फेब्रुअरी २० सम्मका डेटा प्रभावित भएका छन्।

एयर इन्डियाले आफ्ना सबै ग्राहकलाई आफ्नो वेबसाइटमा रहेको खाताको पासपोर्ट परिवर्तन गर्न भनेको छ।

यस विषयमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad