यो अवधिभर चीन र पाकिस्तान सँधै एक–अर्काको सहयोगी र साझेदारको भूमिकामा छन्।
पाकिस्तानसँगको सम्बन्धको विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले सिन्ह्वासँग भनेका छन्,‘चीन र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै विश्वासको सम्बन्ध छ। हामीले एक–अर्कालाई सम्मान गरेका छौं। हामीले मजबुत सम्बन्ध कायम गरेका छौं र यस्तो रणनीतिक साझेदारी सँधै जीवित रहनेछ।’
शुक्रबार चीन र पाकिस्तान दुवै सरकारको तर्फबाट कूटनीतिक सम्बन्धको वर्षगाँठमा बधाई तथा शुभकामना साटासाट भएको थियो।
दुवै देशको सरकारले यो वर्ष संयुक्त रुपमा १२० भन्दा बढी कार्यक्रम गर्ने सहमति गरेका छन्।
राजनीतिक, आर्थिक, वैज्ञानिक, शैक्षिक, साँस्कृतिक र स्वास्थ्य क्षेत्रसँग जोडिएका त्यस्ता कार्यक्रमले दुवै देशको सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय यी दुवै देशले सक्रिय रुपमा बीआरआई कोरिडोर निर्माण गरिरहेका छन्।
चीन र पाकिस्तान दुवै राष्ट्र भारतसँगको विवादमा रहेका देशहरु हुन्।

प्रतिक्रिया