राजनीति


गम्भीर चिन्तामा योगेश भट्टराई, भन्छन्– सही गरेँ कि गलत?

गम्भीर चिन्तामा योगेश भट्टराई, भन्छन्– सही गरेँ कि गलत?

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १४:३१,

नेकपा एमालेका नेता योगेश भट्टराईले आफूले आज शुक्रबार गरेको निर्णयप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।

आज माधव नेपाल पक्षको समेत समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनबाट राष्ट्रपतिसमक्ष बहुमत देखाउँदै आफूलाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न दाबी पेस गरेका छन्। यसका लागि नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरे पनि सोही समूहका भट्टराईसहित सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले हस्ताक्षर नगरेको बताइएको छ।

यो पनि : नविना लामाको दाबीः सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट विपक्षी गठबन्धनमा छैनन्

यसै सन्दर्भमा पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सही निर्णय गरेँ कि गलत भनेर निकै चिन्ता प्रकट गरेका हुन्। 

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ,’ उनले भनेका छन्, ‘सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad