ad ad

राजनीति


ओलीको चेतावनी : पार्टीभित्रबाट सरकारलाई असहयोग गर्नेहरुको हिसाबकिताव गरिन्छ

ओलीको चेतावनी : पार्टीभित्रबाट सरकारलाई असहयोग गर्नेहरुको हिसाबकिताव गरिन्छ

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १०:२२,

नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको भन्दै त्यसको हिसाबकिताब गरिने चेतावनी दिएका छन्।

उनले त्यो असहयोग पार्टीभित्र मात्रै सिमिति भएर सिंगो प्रणालीमाथि नै परेको दाबी गरे।

आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको बैठकमा अनुपस्थित गराउने, फ्लोर क्रस गर्ने र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन विपक्षीदलसँग मिलेमतो गरि त्यसको नेतृत्व नै गर्ने काम भएको भन्दै उनले त्यस्ता गतिविधिको समस्या समाधान गरिने बताए।

उनले आगामी दिनमा पार्टीलाई त्यस किसिमका फोहोरी खेलबाट सिद्धान्त, गन्तव्यनिष्ठ, संगठित, अनुशासित रुपमा विकास गरिने बताए।

उनले भने, ‘एमाले भित्रको समस्या राष्ट्रिय चासो र समस्याको विषय हुनुपर्ने थिएन यदि प्रणालीकै मूल्य मान्यतालाई धज्जी उडाउने, घात गर्ने हुँदैनथ्यो भने प्रणालीमा। फ्लोर क्रस गरायो। संसदीय व्यवस्थामा फ्लोर क्रस गर्ने कुरा लोकतन्त्रमा अस्वभाविक, असाधारण अनैतिक र अपराधपूर्ण मानिन्छ। दण्डनीय मानिन्छ। त्यसैगरी पार्टीले उम्मेदवार बनाएकालाई हाम्रै पार्टी भित्रका केही मानिसहरु विपक्षीसँग मिलेर साँठगाँठ गरेर साँठगाँठको अगुवाईकर्ता भएर कार्यकर्तालाई पदको प्रलोभनमा इमान आदर्शबाट च्युत गराएर आफ्नै पार्टीको कार्यकर्तालाई हराउनेदेखि लिएर पार्टीका सांसदहरुलाई अनुपस्थित गराएर सरकार ढाल्ने प्रयास गराउने कुरा लोकतान्त्रिक आचरण विपरितको कुरा होइन र?’

उनले थपे, ‘लोकतन्त्र भनेको छाडातन्त्र, अराजकतन्त्र त होइन। लोकतन्त्रलाई धज्जी उडाउने कामको समाधान हामी गर्छौं। अनुशासनहीन र अराजकतामा पार्टी चल्दैन। पार्टीलाई अहिले देखिएको फोहरी खेल मैदानबाट सिद्धान्त र गन्तव्यनिष्ट, संगठित, अनुशासित रुपमा विकास गरिने छ। चरम अलोकतान्त्रिक, अनुशासनहिन काम हिजो मात्रै पनि गर्नुभएको छ। यसको हिसावकिताव त गर्नैपर्छ। गर्ने छौं।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णय पार्टी फुटाउने नाम जुधेकाले नाम नजुधाई पुनः दर्ता गर्न आउनु भन्ने आदेश गरेको त्यसले पार्टी एकतापूर्वको स्थितिमा पुराएको स्पष्ट पारे।

उनले पार्टी एकीकृत भएर जाउँ भनेर आफूले पहल गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चासो नदिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .