राजनीति


राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग लगाउन वाईसीएलको माग

राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग लगाउन वाईसीएलको माग

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ८:३४,

नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै भण्डारीविरुद्ध महाभियोग लगाउन माग गरेको छ।

संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ७६ (४) बमोजिम मार्गप्रशस्त नगरेर ७६ (५) बमोजिम संवादको वातावरण समेत नदिएर राष्ट्रपतिबाट चालिएको कदमको वार्इसीएलले विरोध गर्दै महाभियोग लगाउन माग गरेको हो।

संकटग्रस्त देशलाई अनिर्णित गर्दै अहंकार र घमण्ड देखाई रास्ट्र र राष्ट्रियता माथि नै संकट निम्याउने गरी संरक्षण गर्ने निकायले नै संविधानको गला रेटेको विज्ञप्तिमा उल्लेख छ।

जनआन्दोलन, जनयुद्धलगायत विभिन्न संघर्षको उपलब्धिको धज्जी उडाउने मनसाय भएको वाईसीएलको भनाइ छ।

राष्ट्रपति भण्डारीले बदनियत राखेर संवादको वातावरणसमेत प्रभावित हुने गरी २१ घण्टाको समयसीमा तोक्नुमा संविधान र लोकतन्त्रको हत्या गर्ने गलत मनसाय रहेको वार्इसीएल नेपालले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .