राजनीति


सरकार बनाउन कस्सिए चार दल, सिंहदरबारमा निर्णायक वार्ता

सरकार बनाउन कस्सिए चार दल, सिंहदरबारमा निर्णायक वार्ता

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ८:६,

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्रै नयाँ सरकार बनाउनेबारे विपक्षी तीन दलसहित एमालेको एक पक्षले निर्णायक वार्ता गर्ने भएका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अपराह्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्णायक छलफल गर्ने भएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो।

आन्तरिक रुपमा दलहरुभित्र छलफल गरेर अनि निर्णायक वार्ता गर्ने तयारीमा विपक्षी लागेका हुन्।

राष्ट्रपतिले बिहीबार बेलुका ८ बजे संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभाका सदस्यलाई विश्वासको मत पु¥याउने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छिन्।

स्रोतहरुका अनुसार वैकल्पिक सरकार गठन गर्न सकिने सर्वदलीय बैठकको निष्कर्ष छ।

एमालेको माधवकुमार नेपाल पक्ष जता मिले पनि वैकल्पिक सरकार बन्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .