राजनीति


एमाले पोलिटब्युरो सदस्य डा. पौडेलको पीएचडी उपाधिप्रति सूर्य थापाको कटाक्ष

एमाले पोलिटब्युरो सदस्य डा. पौडेलको पीएचडी उपाधिप्रति सूर्य थापाको कटाक्ष

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ०:५८,

नेकपा एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीलाई देश भड्खालोमा नहाल्न आग्रह गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा आलोचना गरेका छन्।

प्रधानमन्त्री ओलीले राजीनामा नदिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति विज्ञप्ति निकाली संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न भन्दै दलहरूलाई आज शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी छन्। प्रधानमन्त्रीले राजीनामा नदिँदै वा विश्वासको मतमा पराजित नहुँदै नयाँ सरकार गठनको आह्वान गर्नु संविधानविपरीत भएको दाबी संविधानविद्हरूले गरिरहेका छन्। यो संसद् विघटन गर्ने चालबाजी भएको आशंका उनीहरूको छ।

यसै सन्दर्भमा माधव नेपाल खेमाका एमाले पोलिटब्युरो सदस्य डा. पौडेलले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीलाई देश भड्खालोमा नहाल्नुस् भनेर आग्रह गरेका हुन्।

‘संविधानमाथि साह्रै धेरै अत्याचार भयो सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री महोदय! यसरी देशलाई भड्खालोमा नहाल्नुस्,’ डा. पौडेलले लेखेका छन्।

यसैका जवाफमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले डा. पौडेललाई धेरै पढेर पनि मति उल्टो गरेको भन्दै आलोचना गरेका हुन्।

‘पढेरै डा. भएको त हो, थाहा छ, तर व्यवहार उल्टो मतिको किन भएको हो,’ थापाले डा. पौडेललाई जवाफ दिएका छन्, ‘प्रचण्डको आरती धेरै उतारिएन?’

su bi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad