राजनीति


नयाँ सरकार बनाउन प्राप्त समय छोटिँदै, कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

नयाँ सरकार बनाउन प्राप्त समय छोटिँदै, कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ०:१८,

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आज (शुक्रबार) अपराह्न ५ बजेसम्मको समय दिएपछि यस विषयमा छलफल गर्न अहिले बिहान नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दैछ।

कांग्रेसका एक नेताका अनुसार पार्टीका सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राख्न लागेका हुन्।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठन गर्न आज साँझ ५ बजेको समय दिएकी छन्। यो खबर लेख्दा त्यो समय सकिन अब लगभग ११ घण्टा मात्रै बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad