राजनीति


ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : गगन थापा

ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : गगन थापा

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ०:१५,

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामासमेत नगरेको अवस्थामा राष्ट्रपति भण्डारीले २१ घन्टाको समय दिएर बिहीबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेता थापाले ओली र भण्डारी दुबैलाई पदमुक्त गर्नुपर्ने बताएका हुन्।

नेता थापाले राष्ट्रपति भण्डारीले दिएको समय अगावै नयाँ सरकार बनाउनु पर्नेमासमेत जोड दिएका छन्।

‘विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad