राजनीति


कोरोना महामारीसँग लड्न छिट्टै अमेरिकाबाट स्वास्थ्य सामग्री आउँदै

कोरोना महामारीसँग लड्न छिट्टै अमेरिकाबाट स्वास्थ्य सामग्री आउँदै

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ८:१९,

अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरु छिट्टै उपलब्ध गराउने भएको छ।

अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत् सो सहयोग आउन लागेको नेपालका अमेरिकी दूतावास र यूएसएड दुवैले जनाएको छ।

‘युएसएआइडीले नेपाललगायत दक्षिण एसियामा बढेको कोभिड१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामग्रीहरू निकट भविष्यमै उपलब्ध गराउँदैछ,’ दूतावासले बिहीबार जानकारी दिएको छ।

काेभिड संक्रमण फैलिनबाट राेक्ने र संक्रमणबाट ज्यान जोगाउने लगायतका स्वास्थ्य सामग्रीहरु आउन लागेकाे यूएसएडले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .