नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।
कोरोना संक्रमणका कारण एक हप्ताअघि ह्याम्स अस्पताल भर्ना भएका सिंहको स्वास्थ्य सुधार हुँदै गएको सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
पौडेलका अनुसार अहिले उनलाई ज्वरो हटेको छ भने निमोनियामा पनि सुधार भइरहेको छ। यद्यपी खोकी रोकिएको छैन भने खाना रुची पनि कमै छ।
खोकी रोकिन अझै केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी अझै केही दिन अस्पतालमै बस्नुपर्ने चिकित्सककाे भनाइ छ।
सिंहको मंगलबार साँझ आएको दोस्रो पीसीआर रिपोर्टमा अझै संक्रमण रहेको देखिएको छ।
सुगर र थाइराइडबाट पीडित ८६ वर्षीय महामन्त्री सिंह अघिल्लो हप्ता बिरामी परेपछि गएको सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो। उनलाई बुधबार ह्याम्स अस्पताल भर्ना गरिएको थियाे।
प्रतिक्रिया