ad ad

राजनीति


मेलम्चीबाट ठेकेदार भागेको हो, सरकार होइन: प्रधानमन्त्री ओली

मेलम्चीबाट ठेकेदार भागेको हो, सरकार होइन: प्रधानमन्त्री ओली

नेपालखबर
भदौ १, २०७६ आइतबार ६:३,

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनको ठेकेदार भागेका कारण सरकार आफैँले काम गर्न थालेको बताएका छन्।

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना निर्माणका क्रममा यस्ता घटनाहरु भइनै रहने बताए। ‘एउटा मेलम्चीको ठेकेदार भाग्यो, यस्तो कहिले काहीँ हुने गर्छ’, उनले भने, ‘ठेकेदार भागेको हो सरकार होइन, त्यसैले हामी आफैँ गर्दैछौँ।’

प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताए। उनले आफू नेतृत्वको सरकाले आर्थिक बृद्धिका साथै सडक तथा पुल निर्माणमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताए।

प्रधानमन्त्री ओलीले अहिलेको विकास गतिले चित्त नबुझे यसलाई थप बृद्धि गर्दै लैजाने प्रतिवद्धता समेते पु¥याए। केही वर्षभित्रै आर्थिक वृद्धिदरदाई दोहोरो अंकमा पु¥याउने उनको दावी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .