राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले आफूलाई पार्टीले सो प्रदेशको संसदीय दलको नेताबाट हटाउने भनी गरेको निर्णय अवैधानिक भएको दाबी गरेका छन्।
थापाले पार्टीद्वारा उनलाई संसदीय दलको नेताबाट हटाउने निर्णयलाई वैधानिकता नदिन भनी बुधबार प्रदेश प्रमुखलाई पत्र लेखेका छन्।
राष्ट्रिय जनमोर्चाले आजै पार्टी सचिवालय बैठकले थापालाई गण्डकी प्रदेशको संसदीय दलको नेताबाट हटाएको भनी प्रदेश सभालाई जानकारी गराएको थियो।
यो पनिः
हाम्रा सांसद बिक्री भएछन्- जनमोर्चा अध्यक्ष केसी (अन्तर्वार्ता)
प्रतिक्रिया