ad ad

राजनीति


विदेशबाट स्वास्थ्य सामग्री तत्काल ढुवानी गर्न कांग्रेसको आग्रह

विदेशबाट स्वास्थ्य सामग्री तत्काल ढुवानी गर्न कांग्रेसको आग्रह

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ९:२३,

नेपाली कांग्रेसले विदेशमा अलपत्र अवस्थामा रहेका स्वास्थ्य सामग्री तत्काल ढुवानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार विज्ञप्ति जारी गर्दै अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराएका हुन्।

नेपाली कम्पनीहरुले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाइजाहजको अभावका कारण चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन्।

कोभिड १९ का बिरामी दिनानुदिन वृद्धि हुँदै गइरहेका छन्।

‘यस्तो विषम परिस्थितिमा नेपाली जनतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिई कोभिड संक्रमितको उपचार गर्नुपर्नेमा यस तर्फ सरकार गम्भीर भएको देखिदैन’, कांग्रेसले भनेको छ।

स्वास्थ्य सामग्रीको अभावका कारणले कोरोना संक्रमित र अन्य विरामीहरुको उपचारमा कठिनाई भइरहकाले तत्काल आवश्यक व्यवस्था गर्न कांग्रेसले माग गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .