राजनीति


विश्वासको मत पाऊँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकृत, ओली पदमुक्त

विश्वासको मत पाऊँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकृत, ओली पदमुक्त

नेपालखबर
काठमाडौं, बैशाख २७

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ।

प्रतिनिधि सभामा भएको मतदानमा उनको प्रस्तावको पक्षमा बहुमत नपुगेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।

मतदान हुँदा प्रस्तावको पक्षमा जम्मा ९३ मत खसेको छ भने विपक्षमा १ सय २४ मत परेको छ।

मतदानमा २ सय ३२ सांसद सहभागी भएका थिए। तीमध्ये १५ जनाले मत दिन्न भन्ने विकल्पमा मतदान गरेका थिए।

मतदानमा माधव नेपाल पक्षका एमाले सांसदहरु उपस्थित भएका थिएनन्।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ।

बैशाख २७, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .