आगामी जेठ १७ गते सोमबारको दिन हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा दाङ जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई वैशाख २८ बाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले निर्वाचन अधिकृत नियुक्त गर्नेबारे आज (सोमबार) निर्णय गरेको हो।

प्रतिक्रिया