राजनीति


संसदमा विश्वासको मत माग्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईले लगाए चारवटा गम्भीर आरोप

संसदमा विश्वासको मत माग्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईले लगाए चारवटा गम्भीर आरोप

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ४:४६,

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आजै बिदाइ गर्नुपर्नेमा जोड दिएका छन्।

ओलीले आज (सोमबार) दिउँसो १ बजे संघीय संसदमा विश्वसको मत लिँदै छन्। त्यसको पूर्व सन्ध्यामा नेता भट्टराईले ओलीलाई बिदाइ गर्नुपर्नाको कारण भन्दै चारवटा कारण अघि सारेका छन्।

ओलीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा जसपामा एकमत बन्न सकेन। नेता भट्टराई र उपेन्द्र यादव ओलीलाई बिदाइ गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने ओलीलाई साथ दिनुपर्ने पक्षमा उभिएका छन्।

त्यसैले ओलीलाई विश्वासको मत दिने कि नदिने स्वविवेकले निर्णय गर्ने अधिकार जसपाले आफ्ना सांसदलाई छाडेको छ। आइतबार जसपाले यस्तो निर्णय गरेको हो। ओलीलाई विश्वासको मत दिन/नदिन जसपाका सांसद स्वतन्त्र छन्।

नेता भट्टराईले भने ओलीलाई विश्वासको मत दिन नहुनेमा लबिङ गरिरहेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा उनले कोरोना नियन्त्रणमा असफल भएको, संविधान विपरित संसद विघटन गरेको, लोकतन्त्र धरापमा पारेको, कोरोनाको औषधि खरिदमासमेत ओलीले भ्रष्टाचार गरेको लगायतका गम्भीर आरोप लगाउँदै उनलाई आजै बिदाइ गर्नुपर्नेमा जोड दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण: १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, २. संविधान विपरित संसद बिघटन गरेर र २/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको, ४. खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .