राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनलाई दोस्रोपटक कोरोना संक्रमण भएको छ।
राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार प्रतिनिधि सभा सांसद लिङ्देनलाई पाँच महिनाको बीचमा दोस्रोपटक कोरोना संक्रमण भएको हो।
श्रेष्ठका अनुसार लिङदेनको स्वास्थ्य अहिले सामान्य छ। उनी झापास्थित निजी निवासमा आइसोलेसनमा बसेका छन्।
झापा ३ बाट निर्वाचित लिङदेन प्रतिनिधि सभामा राप्रपाका एकमात्र सांसद हुन्।
झापामा रहेका उनी भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतसम्बन्धी मतदानमा उपस्थित हुने संभावना न्यून छ।
3
Shares
प्रतिक्रिया