नेपाल रेडियोलोजिस्ट संघको साधारण सभाले प्राडा हेन्सन खड्काको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
संघको शनिबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा डा. अनामिका झा, महासचिवमा डा. सुन्दर सुवाल, सहसचिवमा डा. प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सहकोषाध्यक्षमा डा. अभिशेक शाह निर्वाचित भएका छन्।
त्यसैगरी संघका सदस्यमा डा. कल्पना राई, डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की चयन भएका छन्। संघका निवर्तमान अध्यक्ष प्राडा दानबहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहेका छन्।
कोभिड–१९ का कारण उत्पन्न विशेष परिस्थितिका कारण भर्चुअल रुपमा कार्यक्रम आयोजना गरी नयाँ कार्यसमिति चयन गरिएको हो। रासस
प्रतिक्रिया