राजनीति


प्रधानमन्त्री ओलीले सीएनएनमा झुटो बोले : डा. महत

प्रधानमन्त्री ओलीले सीएनएनमा झुटो बोले : डा. महत

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ९:५२,

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो।

यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे।

आईतबार आफ्नै निवासमा संचारकर्मीसँग कुरा गर्दे नेता महतले नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गरे।

नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पुर्णरुपमा असफल भएको आरोप लगाए।

उनले कोभिड १९ संक्रमण र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, वेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आईरहँदा पनि सरकार पुरै असंवेदनशील र अर्कमण्य भएको टिप्पणी गरे।

यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले सीएनएनमा दिएको एक अन्तर्वार्तामा नेपालमा कोरोना नियन्त्रणमा रहेको बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .