राजनीति


चीनले दिएको स्वास्थ्य सामग्री ल्हासा आइपुग्यो

चीनले दिएको स्वास्थ्य सामग्री ल्हासा आइपुग्यो

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १२:४,

चीन सरकारले नेपाललाई दिने भनिएका स्वास्थ्य सामग्री ल्हासा आइपुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता किरणराज शर्माले चीन सरकारले अनुदान स्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) को स्वास्थ्य सामग्री एवंम उपकरण ल्हासा आइपुगेको जानकारी आएको बताए।

यसै साता चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका थिए।

परराष्ट्रमन्त्रीहरुको एक भिडियो कन्फ्रेन्समा उनले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै ढाकास्थित बेक्सिमको फार्मामार्फत आईएफआईसी र नेपाल बंगलादेश बैंकले ५ हजार भाइल रेम्डेसिभिर निशुल्क उपलब्ध गराउन पहल गरिरहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .