ad ad

राजनीति


ओलीसँगको वार्तालगत्तै देउवा आन्तरिक छलफलमा

ओलीसँगको वार्तालगत्तै देउवा आन्तरिक छलफलमा

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १३:०,

प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेतासँगको छलफल लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको आन्तरिक छलफलमा जुटेका छन्।

ओलीसँगको छलफल लगत्तै देउवाले संसदमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतलाई असफल पार्न र आन्तरिक रणनीति तय गर्न परामर्स थालेको देउवा निकट स्रोतले जनाएको छ।

अहिले सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्णबहादुर खड्का, उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला र सहमहामन्त्री प्रकाश शरण महत आन्तरिक छलफलमा हुन्।

बुधबार ओलीसहितका नेताहरुसँग देउवा निवास बुढानीलकण्ठमा डेड घण्टा छलफल भएको थियो।

सो छलफलमा विश्वासको मतको पक्षमा सहयोग गर्न ओलीले गरेको आग्रहलाई देउवाले अस्वीकार गरेका थिए।

'हामी तपाईँलाई सहयोग गर्न सक्तैनौं', ओलीलाई देउवाले दिएको जवाफ उधृत गर्दै सहमहामन्त्री प्रकाशशरण महतले भने, 'तपाईँले संविधानलाई नै धरापमा पार्ने काम गर्नुभएको छ। विश्वासको मत दिने कुनै अवस्था र सम्भावना छैन।’

कांग्रेस सभापतिसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले लामै कुरा राखेका थिए।

सबै नेताहरुले लामै कुरा गरेपनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने प्रष्ट पारेको थियो।

सो छलफल लगत्तै प्रधानमन्त्री सहितका नेताहरु फर्किएका थिए।

एमाले नेता फर्किएपछि देउवाले आफ्नै पार्टीभित्र छुट्टै परामर्श गरिरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .