ad ad

राजनीति


देउवा फकाउन बुढानीलकण्ठ पुगे ओली

देउवा फकाउन बुढानीलकण्ठ पुगे ओली

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १०:४९,

प्रधानमन्त्री केपी शर्मा ओली दलबलसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।

देउवा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली विश्वासको मतमा समर्थन माग्न देउवा निवास पुगेका हुन्।

ओलीको साथमा ईश्वर पोखरेल, रामबहादुर थापा र सुवास नेम्वाङ छन्।

कांग्रेसले ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेपछि उनको योजनालाई असफल बनाउने तयारीमा छ।

मंगलवबार मात्र देउवाले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमालेकै माधव नेपालसँग छलफल गरेका थिए।

मंगलबार बसको कांग्रेस पदाधिकारी बैठकले ओलीको विश्वासको मतको विपक्षमा जाने निर्णय गरिसकेको छ।

यतिमात्र होइन ओलीविरुद्ध चार दलले आगामी राष्ट्रियभाको निर्वाचनमा समेत मोर्चाबन्दी गरिसकेका छन्। यही तयारी बुझेका ओलीले अन्तिम प्रयासस्वरुप देउवालाई भेटका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .