राजनीति


एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य डाँगीले दिए राजीनामा (पत्रसहित)

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य डाँगीले दिए राजीनामा (पत्रसहित)

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ९:२५,

नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिएका छन्।

उनले आज प्रदेश सभा सभामुख पूर्ण घर्तीलाई राजीनामा पत्र बुझाएका हुन्।

उनी दाङ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

लुम्बिनी प्रदेशमा शंकर पोखरेलले पुन:नियुक्ति लिएको विषयमा उनको असन्तुष्ट रहेका थिए।

प्रदेश र केन्द्रमा देखिएका पछिल्ला राजनीतिक गतिविधिले देशलाई अस्थिरतातर्फ धकेलेको उनले बताएका छन्।

डाँगीले आफू कम्युनिस्ट आन्दोलन र बृहत वाममोर्चाको पक्षमा रहनेसमेत बताएका छन्।

डाँगी नेकपा माओवादी केन्द्र प्रवेश गर्ने तयारी गरेकोसमेत चर्चा छ। लुम्बिनी प्रदेशसभाले उनकाे राजीनामा स्वीकृत गर्दै नेपालकाे संविधानकाे धारा १८० क बमाेजिम स्थान रिक्त भएकाे सूचना प्रकाशित गरेकाे छ। 

dangi rajinama2021

यस अघि एमालेकै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए। तत्कालिन नेकपाबाट प्रदेशसभामा निर्वाचित बिमला वली माओवादी केन्द्र प्रदेश गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad