राजनीति


जसपा युवा नेता पाण्डे भन्छन् : पार्टी फुटउन पैसा बोकेर घरदैलो गरे

जसपा युवा नेता पाण्डे भन्छन् : पार्टी फुटउन पैसा बोकेर घरदैलो गरे

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ८:१७,

जनता समाजवादी पार्टी (जसपा) का युवा नेता विश्वदीप पाण्डेले पार्टी फुटाउनका लागि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहित सांसद र कार्यकारिणी समिति सदस्यको घरमा पुगेको आरोप लगाएका छन्।

बाबुराम भट्टराई निकट पाण्डेले सामाजिक संजाल फेसवुकमा उनले लेखेका छन्, 'हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ।'

उनले जसपा करिब फुटको संघरमा रहेको बताएका छन्।

'त्यो पैसाको झोला फिर्ता गर्ने सांसद/कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको उनले बताएका छन्।

यस्तो स्थितिमा जसपा फुटमा रमाउने भन्दा पनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लाग्न पाण्डेको सुझाव छ।

'यो जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो। यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशकअघिको राजनैतिक कुसंस्कार थप झ्याँङ्गिदै जानेछ', उनले भनेका छन्।

सरकारको विषयमा चरम विवादमा रहेको जसपा भित्र अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री ओलीप्रति नरम छ भने अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकार विस्थापन हुनुपर्ने पक्षमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .