प्रतिनिधि सभा बैठक बस्नुअघि सबै सांसदहरुको पीसीआर परीक्षण हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गतेको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेकी छन्।
संसद सचिवालयका अनुसार सो बैठक अघि संघीय संसदका सबै सांसदको वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साझ ५ बजे सम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुन लागेको हो।
सचिवालयका कर्मचारी, आइसीसीका कर्मचारी, मर्यादापालक लगायतको पनि स्वाव टेस्ट गरिने संसद सचिवालयले जनाएको छ।
3
Shares
प्रतिक्रिया