राजनीति


लुम्बिनी प्रदेशः विपक्षी चार दलले गरे प्रदेश प्रमुखको बर्खास्तीको माग (विज्ञप्ति)

लुम्बिनी प्रदेशः विपक्षी चार दलले गरे प्रदेश प्रमुखको बर्खास्तीको माग (विज्ञप्ति)

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ११:५,

लुम्बिनी प्रदेशमा रहेका विपक्षी चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवको बर्खास्तीको माग गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश संसदीय दलका नेताहरुले प्रदेश प्रमुखको गैरजिम्मेवार, पदीय मर्मविपरीत र असंवैधानिक कदम चालेको भन्दै त्यसको विरोध गर्दै उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

चारै दलका नेताले अल्पमतका रहेका मुख्यमन्त्री शंकर पोखरेलको पद खारेज गरेको घोषणा समेत गरेका छन्।

उनीहरुले मुख्यमन्त्री पोखरेललाई प्रदेशभर बहिस्कार गर्ने निर्णय समेत गरेका हुन्।

यस्तै तत्काल प्रदेशको विशेष अधिवेशन बोलाउन समेत माग गरेका छन्। 

आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै आफूसँग बहुमत रहेको दाबी गर्दै शंकर पोखरेलले प्रदेश प्रमुख यादवसमक्ष निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा उनलाई मुख्यमन्त्री नियुक्त गरिए पनि विपक्षी चार दलको तर्फबाट ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको शपथ रोक्न उनीहरुले माग गरेका थिए।

तर प्रहरी लगाएर मुख्यमन्त्रीनिवासमा शपथ भएको थियो। चार दलले भने त्यसलाई नमानेका हुन्।

lumbini 4 dal1

lumbini 4 dal2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .