ad ad

राजनीति


मुख्यमन्त्री पोखरेलको बहुमतमा प्रश्न, तीन सांसदले दिए राजीनामा

मुख्यमन्त्री पोखरेलको बहुमतमा प्रश्न, तीन सांसदले दिए राजीनामा

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १०:२६,

आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको बहुमत देखाएर पुनः नियुक्ति लिइरहेकै बखत उनको पक्षमा रहेका तीन सांसदले राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेशमा एमालेकै तर्फबाट सूर्य चुनाव चिन्ह लिएर जितेका दुगनारायण पाण्डेसहित तीनजना सांसदले राजीनामा दिएका हुन्।

‘प्रदेश सरकारमा स्वेच्छाचारिता देखियो,’ प्रदेश सांसद कृष्णध्वज खड्काले नेपालखबरसँग भने , ‘अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्ति गरियो, हामी यसलाई रोक्न ४२ जनाको हस्ताक्षर लिएर प्रदेश प्रमुखलाई निवेदन दिएका छौं।’

माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी ४० सांसदले उनीहरुले शपथ मुख्यमन्त्री शंकर पोखरेलको शपथग्रहण रोक्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई निवेदन दिएका छन्।

आइतबार नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

बैशाख ६ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो। सो प्रस्तावमाथि छलफल नै नगरी मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर आजै पुनः नियुक्ति लिएका थिए।

यो पनि : 

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

पोखरेलका फास्ट ट्रयाक कदमः बिहान प्रदेश सभा अन्त्य र राजीनामा, आजै पुनः नियुक्तिको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .