राजनीति


फुटको डिलमा उभिएको एमालेको १० औं महाधिवेशन तालिका सार्वजनिक

फुटको डिलमा उभिएको एमालेको १० औं महाधिवेशन तालिका सार्वजनिक

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ३:१८,

नेकपा (एमाले)को १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ। आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेश गर्नेगरी एमालेले कार्यतालिका सार्वजनिक गरेको हो।

वैशाख ६, १० र १२ गते बसेको महाधिवेशन आयोजक कमिटीको बसेको थियो। उक्त बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सार्वजनिक गरिएका हुन्। अन्तरपार्टी निर्देशनमा महाधिवेश कार्यतालिका उल्लेख छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति तय गरिएको छ।

सार्वजनिक कार्यतालिका अनुसार वडा अधिवेशन भदौ ५ गते, पालिका अधिवेशन भदौ १५ गते, जिल्ला अधिवेशन भदौ ३० गते र भदौ २३ गते प्रदेश अधिवेशन हुनेछ।

एमालेको ओली खेमाले एकपक्षीय रुपमा पार्टीको महाधिवेशन घोषणा गरेकोप्रति वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले भने असहमति जनाउँदै आएको छ। पार्टीभित्रको विवादले एमाले फुटको डिलमा पुगेको छ। नेपाल-खनाल पक्षले पार्टीका समानान्तर गतिविधि जारी राखेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .