नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसले कूटनीतिक सम्वन्ध स्थापना गर्ने एक पत्रमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालको १६९ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
दुवै देशका राजदूत संयुक्तरुपमा एक पत्र लेख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारीसमेत दिएका छन्।
कमनवेल्थ रहेको उक्त देश सानो टापुसहितको हिमाली देश हो।
७ सय ५० वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त देशको जनसंख्या ७५ हजार रहेको छ।
नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य हुन्।

प्रतिक्रिया