राजनीति


रौतहटका दुई मेयर र पाँच उपमेयर माओवादीबाट निस्कासित, पदमुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार

रौतहटका दुई मेयर र पाँच उपमेयर माओवादीबाट निस्कासित, पदमुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार २:१५,

रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निष्कासन गरेको छ। माओवादीबाट चुनाव जितेर एमालेको ओली खेमातिर लागेपछि उनीहरुलाई पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए।

उनीहरुलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचारसमेत गरिसकेको छ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाकाका उपमेयर सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवीलाई माओवादी केन्द्रले पार्टीबाट निस्कासन गरेको हो।

उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको सचिव पटेलले जानकारी दिए। मेयर साह सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।ओली खेमातिर लागेपछि माओवादीले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो। तर, कसैले पनि स्पष्टीकरण दिएका थिएनन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनीहरु सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी परित्याग गरेका उनीहरुलाई पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको हो।

यो पनि माओवादी छाडेर ओलीतिर लागेका रौतहटका दुई मेयर र पाँच उपप्रमुखको पद धरापमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad