राजनीति


अपरेसनका लागि बाबुराम भट्टराई आज वीर अस्पताल भर्ना हुँदै

अपरेसनका लागि बाबुराम भट्टराई आज वीर अस्पताल भर्ना हुँदै

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार २:९,

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई शल्यक्रिया (अपरेसन) का लागि आज (बिहीबार) अस्पताल भर्ना हुँदैछन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया गराउन काठमाडौंस्थित वीर अस्पताल भर्ना हुने भएका हुन्।

डा. भट्टराईको सचिवालयका अनुसार डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गर्ने भएको हो। शल्यक्रिया भोलि शुक्रबार हुनेछ।

यसअघि डाक्टर भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए। तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो। ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए।

सोहीअनुसार डा. भट्टराईले देशकै सरकारी अस्पताल वीर अस्पतालमा त्यसको शल्यक्रिया गराउन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad