राजनीति


प्रचण्ड पत्नी सीता दाहालको आईसीयूमा उपचार

प्रचण्ड पत्नी सीता दाहालको आईसीयूमा उपचार

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ७:१३,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार सीताको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार विहानै मेडिसिटी अस्पताल लगिएको हो।

तर, मंगलबार बेलुका स्वास्थ्यमा कुनै सुधार नआएपछि आईसीयूमा राखेर उपचार गरिएको छ।

उनी पार्किन्सन्स्जस्तै जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी)बाट पीडित छन्।

‘हिजो बेलुकादेखि उहाँलाई मेडिसिटीको आईसीयूमा राखेर उपचार गरिएको छ,’ पारिवारिक स्रोतले नेपालखबरसँग भन्यो।

छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको कमी र पिसावमा ईन्फेक्सन (संक्रमण) भएका कारण अस्पताल भर्ना गरिएको बताएकी छन्।

‘अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ। चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सवैमा आभार तथा धन्यवाद,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्।

यसअघि पुस १५ गते पनि सीताको स्वास्थ्यमा थप समस्या आएपछि सोही अस्पताल भर्ना गरेर उपचार गरिएको थियो।

स्वास्थ्यमा सुधार नभएपछि त्यसलगत्तै भारतको नयाँदिल्ली लगेर एकसाता राखी उपचार गरिएको थियो।

दाहाल ०७४ को दसैँअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी थिइन्। सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधनपछि उनी गम्भीर बिरामी परेकी हुन्।

यसअघि उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए।

सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो।

त्यसपछि बिभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार भएको छैन।

२०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो।

यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad