राजनीति


विशेष अधिवेशनबीच गण्डकी प्रदेशका ३ सांसदमा देखियो कोरोना

विशेष अधिवेशनबीच गण्डकी प्रदेशका ३ सांसदमा देखियो कोरोना

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ४:५२,

विशेष अधिवेशन जारी रहेको गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्वाब परीक्षण गर्दा प्रदेश सभाका ३ सांसद साथै एक  कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। तर अहिले नाम गोप्य राखिएको छ।

प्रदेश सभाको विशेष अधिवेशनको दोस्रो दिन मंगलबार सांसदको कोरोना परीक्षण गरिनुपर्ने सत्ताधारी एमालेले नै बैठक अवरुद्ध पारेको थियो।

त्यसपछि स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा ३ सांसद र एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

बैठकमा अवरोधपछि मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदको कोरोना परीक्षण गरेर आज बुधबार दिउँसो १ बजे बैठक राख्ने निर्णय गरिसकेको छ। कोरोना संक्रमण देखिएका सांसदले बैठकमा बोल्न नपाउने तर मतदान (मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा) गर्न पाउने सहमति भएको छ।

यसैले सांसदमा कोरोना देखिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैठक नरोकिने बताइएको छ।

यो पनि : गण्डकी प्रदेशमा सरकार ढाल्ने र जोगाउने दौडधुप तीव्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad