नेकपा–एमालेको नेपाल पक्षले अखिल नेपाल महिला संघको बागमती प्रदेश समिति गठन गरेको छ।
मंगलबार भर्चुअल बिधिबाट बागमती प्रदेश स्तरीय भेला गरी बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको अध्यक्षतामा १ सय २५ सदस्यीय समिति गठन गरिएको हो।
अनेमसंघ उपाध्यक्ष साबित्रा भूसालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेकपा–एमालेका उपमहासचिव घनश्याम भूसाल र विशेष अतिथिको रुपमा अनेमसंघ अध्यक्ष जयन्ती राईले प्रशिक्षण दिएका थिए।
अनेमसंघ महासचिव शान्ति अधिकारीले नवगठित समितिलाई बधाइ ज्ञापन गरेकी थिइन् भने अनेम संघ सचिव तथा बागमती प्रदेश सभा सदस्य रमा आले मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा अनमसंघका केन्द्रीय पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरूको सक्रिय सहभागिता थियो।
उपाध्यक्ष साबित्रा भूसालका अनुसार कोभिड–१९ को दोस्रो लहरबीच भौतिक रुपले उपस्थित भएर कार्यक्रम गर्न नहुने भएकोले भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको हो।

प्रतिक्रिया